मोटरसाइकल दुर्घटनामा इन्जिनियरको मृत्यु  | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा इन्जिनियरको मृत्यु 


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इन्जिनियरको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो ।

ऐसेलुखर्क गाउँपालिका-७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३-०-२-००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडाैं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाइकको पछाडि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलिकोप्टरबाट काठमाडाैं लैजाने प्रयास भए पनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

इन्जिनियर ढुंगाना आफ्नो बाइक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । गुरुङलाई बाइकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । चितवनको भरतपुर महानगरपालिका-६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रूपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए । चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ३० बजे

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान