मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार राति सवा १ बजे कमानेबाट क्याम्पडाँडातर्फ आउदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ४५ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार