कुपोषणमुक्त पालिका बनाउन जनप्रतिनिधिको पोषणयुक्त कोसेली | Khabarhub Khabarhub

कुपोषणमुक्त पालिका बनाउन जनप्रतिनिधिको पोषणयुक्त कोसेली


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा यतिबेला कुपोषणरहित गाउँपालिका बनाउन घरदैलो अभियानमा छिन् । उनी स्वास्थ्यकर्मीसहित पोषणको सन्देश बोकेर गाउँगाउँमा पुगेकी हुन् । उनी अघिल्ला बर्षहरूमा पनि पोषणयुक्त खानेकुराको कोसेली लिएर गाउँगाउँमा पुगेकी थिइन । यसपटक भने उनी स्वास्थ्यकर्मी नै लिएर गाउँबस्तीमा पुगेकी हुन् ।

उपाध्यक्ष बिष्णु बुढाले भनिन्, ‘सहजकर्ता र स्वास्थ्यकर्मी समेतसँगै गाउँ पुगेका छौँ ।’ उनले भनिन्, ‘सुनौलो हजार दिनभित्रको समय निकै संवेदनशील हो । यो समयमा पोषणको निकै आवश्यकता पर्छ । जबसम्म पोषिलो खानेकुरा दिइदैन, तबसम्म आमा र शिशुको स्वास्थ्य अवस्था मजबुद हुँदैन ।’

उपाध्यक्ष बुढाले पहिलो वर्ष शुद्ध खानेपानीका लागि फिल्टर बाँड्ने अभियान चलाएकी थिइन । दोस्रो बर्ष अण्डा, तेल र साबुनसहित पुगेकी थिइन । तेस्रो बर्ष पोषिलो कोशेली लिएर घरदैलोमै पुगेकी थिइन । उनले भनिन्, ‘सधैँ सरकारले दिन सम्भब हुँदै र सकिँदैन पनि । महिलाले अब आफैँ पोषिलो आहार बनाउनु पर्छ । स्थानीयस्तरमा उत्पादन हुने खानेकुरा खाएर आमा र बच्चाको पोषण अवस्था सुधारमा लाग्नु पर्छ भन्ने हेतुले पोषण सन्देश दिन गाउँगाउँमा पुगेका छौँ ।’

स्थानीयस्तरमा उत्पादित वस्तुको जाउलो बनाएर प्रयोग गर्न समेत सुझाइएको छ । उपाध्यक्ष बुढाले भनिन्, ‘सधैं बाँडेर दिएर सम्भव हुँदैन । अब पोषिलो खानेकुरा खुवाउने सन्देश छर्नुपर्ने अवस्था आयो । त्यही सन्देश बोकेर गाउँगाउँमा पुग्ने गरेका छौँ ।’

पोषण सन्देश छर्ने कार्यक्रम तिला गाउँपालिका–१ रारागाउँदेखि सुरु भएको थियो । तिला–६ घोडेगाउँमा पुगेर सकिँदैन । पोषण सन्देशसँगै सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने, नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउन हरेक आमा तयार हुनु आग्रह गरिएको छ ।

तिलाका १ देखि ९ वडासम्मका दुई सय ५० जना गर्भवती रहेको पोषण सहजकर्ता जसुकला रावतले बताइन । उनले भनिन्, ‘एक हजार एक सय ४४ जना सुनौलो हजार दिन भित्रका आमा छन् ।’ उनीहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर पोषणको महत्व बारे सहजीकरण गरिएको रावतले बताइन ।

स्थानीय उत्पादन जोड दिन सुझाव
स्वास्थ्यचौकी जुम्लाकोटका इन्चार्ज तथा स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमाले पोषणको महत्वका बारे निकै संवेदनशील हुनुपर्ने बताए । ८० प्रतिशत दिमागको विकास दुई बर्षभित्र हुन्छ । यो बेला पोषिलो आहारको आवश्यक पर्छ ।

‘स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दियौं । आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नु पर्छ । अनि मात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ ।’ उनले बताइन ।

तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ०० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते