मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित | Khabarhub Khabarhub

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर–मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको एक अध्ययन अनुसन्धानले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरुलगायतका बस्ती उच्च जोखिममा रहेको सो अध्ययनले देखाएको छ । तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढीपहिराका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्ती उच्च जोखिममा पर्न थालेका छन् । त्यसैगरी हिमालमा हिमस्खलन हुने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ ।

हिमस्खलन बढेपछि सेता हिमाल काला पहाडमा परिणत हुँदै जानसक्ने खतरासमेत बढेको वातावरणवीद्हरुले बताएका छन् । मुस्ताङमा जलाधार क्षेत्र अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्‍याएका वातावरणकर्मी सहदेव सिग्देलले बताए । मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्ती उच्च जोखिममा परेका हुन् ।

वर्षायाममा आउने बाढीले कटान बढ्दै गएपछि कालीगण्डकी नदी बस्ती छेउसम्मै आइपुगेको हो। कटान नरोकिएपछि यी बस्तीका स्थानीयवासी त्रसित भएका छन् । कालीगण्डकी नदीको सतह वर्सेनि वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका मुस्ताङका रोशन शेरचनले जानकारी दिनुभयो । उनले पछिल्लो समय जलवायु परिवर्तनको मार मुस्ताङले भोग्नुपरेको बताउँदै कालीगण्डकी नदीको जलचक्र प्रणाली र मुस्ताङको खेतीपातीसमेत प्रभावित हुँदै गएको छ भने ।

मुस्ताङमा गत मङ्सिरमा हिउँपहिरो गएको थियो । मानापाथी हिमालमा गएको हिमपहिरोले यहाँको जनजीवन त्रसित बनाएको थियो । त्यसअघि २०२८, २०५२ र २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षति हुनका साथै पशु चौपाया मरेका थिए । यता म्याग्दी क्षेत्रमा पनि कालीगण्डकी नदी कटानको समस्या विकराल बन्दै गएको छ । साँघुरिएर बगेको नदीले कटान गर्दा तटीय क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रसित हुने गरेका छन् । भुरुङ, तातोपानी, दाना, बैंसरी र जिल्लाको सदरमुकाम बेनीबजारसमेत असुरक्षित रहेको छ ।

‘कालीगण्डकी नदीमा कतिबेला बाढी आउछ कुनै टुङ्ङे नै हुँदैन’, बेनी बजारका रमेश श्रेष्ठले भने ‘जलवायु परिवर्तनको असर हिमालदेखि नदी आसपासको तटीय क्षेत्र र सिमसारमा तीव्ररुपले पर्दै जान थालेको छ ।’ त्यसैगरी म्याग्दी नदी कटानको जोखिम पनि उत्तिकै छ । पश्चिम म्याग्दीका १८ वटा बस्ती म्याग्दी नदीको कटानका कारण वर्षामा सधैँ असुरक्षित रहने गरेका छन् । नदी किनारामा तटबन्ध गरेर नदीको धार परिवर्तन गर्ने प्रयास गरिए पनि वर्षेनि कटान नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका नारायण कार्कीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : १५ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले