बाजुराको धुलाचौरमा थ्रीजी इन्टरनेट सेवा सुरू « Khabarhub

बाजुराको धुलाचौरमा थ्रीजी इन्टरनेट सेवा सुरू


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ । देशका केही स्थानमा फाइभ जी इन्टरनेट सुरू भइसके पनि बाजुरामा भने भर्खरै थ्रीजी इन्टरनेट सेवा विस्तार भएको हो ।

हिमाली गाउँपालिका धुलाचौर बाजुरा थ्रीजी इन्टरनेट सेवा आजबाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिकसहित मुगुको केही स्थानीय तहका नागरिकलाई इन्टरनेट पहुँचमा रहने गरी थ्रीजी नेट सेवा सञ्चालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

हिमाली भरीका स्थानीयले सेवा लिने गरि इन्टरनेट टावरको जडान गरेको उनको भनाइ छ । अध्यक्षले भने, ‘आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, यातायात, खानेपानी, बिजुली बत्तीको व्यवस्था पूर्ण रुपमा गरेका छौं ।’

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ०० बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार