पुष्पलाल स्मृती ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई « Khabarhub

पुष्पलाल स्मृती ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले ११औं पुष्पलाल स्मृती र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडि परेकी रशिला दोस्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिइन् । अनुमायाले नगद ५० हजार र उपविजेता रशिलाले नगद २८ हजार प्राप्त गरिन् ।

महिला एकलतर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं बरियता प्राप्त) मा विश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेका प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि चुमेका हुन् । प्रिन्स अघिल्लो १० औं संस्करणका विजेतासमेत हुन् ।

विजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हाँसिल गरेका दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधि कब्जा गरे ।

यस्तै, पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : २७ बजे

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर