फलफूलको चिया : खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा « Khabarhub

फलफूलको चिया : खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा चिया केवल एक पेय मात्र नभई संस्कार नै बनेको छ । जाडो मौसममा त झन् सबैले चिया खाने गर्दछन् । अधिकांशले चियामा मिल्क टी र ब्ल्याक टी खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् ।

कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले विदेश र नेपालका सीमित सहरमा पाइन थालेको छ । शारीरिक रूपमा अस्वस्थ रहेका चिया पारखीलाई फलफूलको चियाले कुनै हानी पुर्‍याउदैँन । फलफूलमा पाइने भिटामिनहरू चियामै पाइने फलफूल चियाको विशेषता हो । यसले स्वास्थ्यमा केवल लाभ पुर्‍याउँछ ।

घरमा सजिलै फलफूलको रस निकालेर बनाउन सकिने फलफूलको चिया स्वस्थ्य र केमिकलरहित हुन्छ । स्वाद अनुसारका अर्ग्यानिक फलफूलको चिया बच्चादेखि बुढाबुढी अनि बिरामी सबैले खान मिल्छ । मौसम अनुसारका जुनसुकै फलफूलको पनि चिया बन्न सक्छ ।

फलफूलको चिया बनाउन एउटा सफा भाडामा थोरै चिया पत्ती र एक कचौरा काटेको फलफूलको टुक्रा हालेर केही बेर उमाल्नुहोस् । त्यसपछि यसलाई सेलाएर वा तात्तातै पनि खान सक्नु हुन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ४६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर