गुलियो खाँदा दाँतमा कीरा कसरी लाग्छ ? « Khabarhub

गुलियो खाँदा दाँतमा कीरा कसरी लाग्छ ?


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतले खानेकुरा चपाउने मात्रै होइन मानिसलाई सुन्दर बनाउने भूमिका समेत खेल्दछ । टम्म र लहर मिलेको दाँत भए मानिस सुन्दर देखिन्छ तर यसकालागि दाँतलाई स्वस्थ राख्न नियमित स्याहार भने गर्नु पर्दछ । अन्यथा दाँतमा कीरा लाग्ने र बिग्रन सक्छ । अझ गुलियो खाने बानी छ भने त झन् चाँडै दाँत बिग्रन्छ ।

कसरी गुलियो धेरै खाँदा दाँत बिग्रन्छ ?

धेरै गुलियो, चिनी, चकलेट धेरै खायो भने दाँतमा कीरा लाग्छ । गुलियो खाँदा केही अंशहरू दाँतमा अड्किएर बसेको हुन्छ । गुलियो खाएपछि दाँत ब्रस गरिहाल्ने बानी हुँदैन । यस्तोमा गुलियो नखाने मानिसको दाँत पनि नियमित सफा गरेन भने दाँतमा कीरा लाग्ने गर्छ ।

गुलियो खाँदा वा नखाँदा पनि दाँत सफा गरेन भने कीरा लाग्छ तर दाँतमा अड्किएको गुलियो वा कार्बोहाइड्रेडलाई मुखमा हुने एक किसिमको ब्याक्टेरियाले अमिलो एसिडमा बदलिदिन्छ । दाँतमा अमिलो बन्यो र केही बेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाइदिन्छ । धेरै गुलियो खानेहरूको दाँतमा कीरा लाग्नु वा दाँत बिग्रनुको खास कारण नै यही हो । यस्तोमा गुलियो खाने बित्तिकै दाँत सफा गरे दाँतमा किरा लाग्दैन ।

दाँतको इनामेल अमिलोले खियाइदिएपछि दाँतको नरम भाग डेन्टाइनमा सजिलै अरू हानिकारक व्याक्टेरियाहरु पस्न पाउँछ । त्यसरी डेन्टाइनमा पसेको ब्याक्टेरियाले गर्दा हाम्रो दाँत अति नै दुख्ने गर्छ भने दाँतमा कालो-कालो प्वाल नै पर्न पनि सक्छ ।

दाँतमा परेका त्यस्ता प्वालहरुलाई हामी कीरा लागेको भन्ने गर्छौं । दाँतमा लागेको कीरालाई बेलैमा उपचार गरिएन भने ब्याक्टेरियाको आक्रमणले दाँतको अझ भित्री भागहरुमा, जराहरूमा र दाँतसम्म आएका नसाहरूमा घाउ बनाइदिन सक्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ०० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले