गुलियो खाँदा दाँतमा कीरा कसरी लाग्छ ? | Khabarhub Khabarhub

गुलियो खाँदा दाँतमा कीरा कसरी लाग्छ ?


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतले खानेकुरा चपाउने मात्रै होइन मानिसलाई सुन्दर बनाउने भूमिका समेत खेल्दछ । टम्म र लहर मिलेको दाँत भए मानिस सुन्दर देखिन्छ तर यसकालागि दाँतलाई स्वस्थ राख्न नियमित स्याहार भने गर्नु पर्दछ । अन्यथा दाँतमा कीरा लाग्ने र बिग्रन सक्छ । अझ गुलियो खाने बानी छ भने त झन् चाँडै दाँत बिग्रन्छ ।

कसरी गुलियो धेरै खाँदा दाँत बिग्रन्छ ?

धेरै गुलियो, चिनी, चकलेट धेरै खायो भने दाँतमा कीरा लाग्छ । गुलियो खाँदा केही अंशहरू दाँतमा अड्किएर बसेको हुन्छ । गुलियो खाएपछि दाँत ब्रस गरिहाल्ने बानी हुँदैन । यस्तोमा गुलियो नखाने मानिसको दाँत पनि नियमित सफा गरेन भने दाँतमा कीरा लाग्ने गर्छ ।

गुलियो खाँदा वा नखाँदा पनि दाँत सफा गरेन भने कीरा लाग्छ तर दाँतमा अड्किएको गुलियो वा कार्बोहाइड्रेडलाई मुखमा हुने एक किसिमको ब्याक्टेरियाले अमिलो एसिडमा बदलिदिन्छ । दाँतमा अमिलो बन्यो र केही बेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाइदिन्छ । धेरै गुलियो खानेहरूको दाँतमा कीरा लाग्नु वा दाँत बिग्रनुको खास कारण नै यही हो । यस्तोमा गुलियो खाने बित्तिकै दाँत सफा गरे दाँतमा किरा लाग्दैन ।

दाँतको इनामेल अमिलोले खियाइदिएपछि दाँतको नरम भाग डेन्टाइनमा सजिलै अरू हानिकारक व्याक्टेरियाहरु पस्न पाउँछ । त्यसरी डेन्टाइनमा पसेको ब्याक्टेरियाले गर्दा हाम्रो दाँत अति नै दुख्ने गर्छ भने दाँतमा कालो-कालो प्वाल नै पर्न पनि सक्छ ।

दाँतमा परेका त्यस्ता प्वालहरुलाई हामी कीरा लागेको भन्ने गर्छौं । दाँतमा लागेको कीरालाई बेलैमा उपचार गरिएन भने ब्याक्टेरियाको आक्रमणले दाँतको अझ भित्री भागहरुमा, जराहरूमा र दाँतसम्म आएका नसाहरूमा घाउ बनाइदिन सक्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ०० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता