सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा « Khabarhub

सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’डिभिजन मा घटुवा भएको थियो।

च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन्। सोमबार सातदोबाटोसँग पराजित भएमा बीबीसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त हुनेछ । सातदोबाटोसँग अंक बाँडेमा भने बीबीसीको ‘ए’ डिभिजनमा रहिरहने झिनो सम्भावना कायम रहनेछ ।

तर प्रदर्शन र नतिजा हेर्ने हो भने सातदोबाटो बीबीसीमाथि हाबी हुन सक्छ । पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरेको सातदोबाटोले आफूलाई यस लिगको जायन्ट किलरको रूपमा स्थापित गर्ने क्रममा मनाङ, थ्री स्टार र नेपाल पुलिस क्लबलाई हराइसकेको छ ।

सातादोबाटो ११ खेलमा १५ अंकसहित सातौ स्थानमा छ । १२औं स्थानको फ्रेन्डसको १२ खेलमा १० अंक छ भने १३औं स्थानको बीबीसीको ११ खेलमा सात अंक रहेको छ । अन्तिम खेलमा फ्रेन्डसले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ भने बिबिसीले थ्री स्टार क्लबको समना गर्नेछ ।

बीबीसीलाई ‘ए’डिभिजनमा रहिरहन सोमबार सातदोबाटोमाथिको जित पनि पर्याप्त नहुन सक्छ । त्यसका लागि बीबीसीले १३औं चरणमा हिमालयन शेर्पासँग फ्रेन्डसको हारको कामना गर्नुपर्नेछ र अन्तिम खेलमा पनि थ्री स्टारविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ । बीबीसीका प्रशिक्षक सानोज श्रेष्ठ भने १०औं चरणमा फ्रेन्डसलाई नतिजा सुम्पिएपछि टोली रेलिगेसनको दबाबमा आएको बताउँछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ५५ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान