सासौलोसँग पराजित इन्टरले गुमायो शीर्ष स्थान उक्लने अवसर « Khabarhub

सासौलोसँग पराजित इन्टरले गुमायो शीर्ष स्थान उक्लने अवसर


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सासौलोसँग २-० अन्तरले पराजित हुँदा इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए ।

इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो पाँच खेलमा एक अंक मात्र जोडेको छ । शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शीर्ष स्थानमा उक्लने अवसर थियो ।

एसी मिलानको २६ खेलमा ५६ अंक छ भने इन्टरको २५ खेलमा ५४ अंक छ । तेस्रो स्थानको नेपोलीको ५३, चौथो स्थानको युभेन्टसको ४७ र पाँचौ स्थानको एट्लान्टाको ४४ अंक रहेको छ ।

सासौलो २६ खेलमा ३३ अंकसहित ११औं स्थानमा छ । सासौलोको हारसँगै सिरी ‘ए’ मा इन्टरको ६ खेलको अपरजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ५२ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो