लमजुङ कारागारका चार कैदीबन्दी रिहा « Khabarhub

लमजुङ कारागारका चार कैदीबन्दी रिहा


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ कारागारका चारजना कैदी बन्दी रिहा भएका छन् । ७२औं प्रजातन्त्र दिवसको अवसरमा कारागार कार्यालयले उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो ।

कारागारका जेलर जगदीश मिश्रका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका दोर्दी गाउँपालिका–६ ढोडेनीकी ४६ वर्षीया खेशकुमारी गुरुङ, कर्तव्य ज्यान मुद्दाकै राइनास नगरपालिका–३ का ३६ वर्षीया सम्झना विक रिहा भएका हुन् ।

त्यसैगरी बहुविवाह मुद्दाका बेंसीसहर नगरपालिका–१० का ३३ वर्षीय सोमबहादुर तामाङ र अवैध वन पैदावार ओसारपसारसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका बेंसीसहर नगरपालिका–६ का ५० वर्षीय मीनबहादुर तामाङ पनि छुटेका छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ५० बजे

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत