कांग्रेस महासमिति सदस्यमा दुईजना निर्विरोध « Khabarhub

कांग्रेस महासमिति सदस्यमा दुईजना निर्विरोध


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् ।

शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएकोमा २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा समावेशीतर्फ आदिवासी जनजाति महिला र दलित महिलाका उम्मेदवार निर्विरोध भएका हुन् ।

आदिवासी जनजाति महिलातर्फ राधादेवी श्रेष्ठ र दलित महिलातर्फ टीकाकुमारी बस्याल निर्विरोध भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर पहिलो साता भएको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसले महासमिति सदस्यको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रतिनिधिमध्येबाट छान्ने गर्छ । यो प्रक्रियामा सर्वसम्मत हुन नसके चुनावको माध्ययमबाट महासमिति सदस्य छान्ने गर्छ ।

महासमिति सदस्यका लागि उम्मेदवारी दिएकामध्ये अब १९ जनाबाट नौजना प्रतिनिधि छान्नुपर्ने कांग्रेसले जनाएको छ । यसका लागि २४ फागुनमा बेंसीसहरमा चुनाव हुनेछ । निर्वाचनमा १३ सय ७४ क्षेत्रीय प्रतिनिधिले निर्वाचनमा भाग लिनेछन् । यसअघि मंसिर पहिलो साता भएको क्षेत्रीय निर्वाचन, जिल्ला निर्वाचन र महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ७४ मतदाता रहेको कांग्रेसको निर्वाचन अन्गर्तत जिल्ला तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ४० मत खसेको थियो । ३४ जना अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ०५ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक