कांग्रेस महासमिति सदस्यमा दुईजना निर्विरोध « Khabarhub

कांग्रेस महासमिति सदस्यमा दुईजना निर्विरोध


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् ।

शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएकोमा २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा समावेशीतर्फ आदिवासी जनजाति महिला र दलित महिलाका उम्मेदवार निर्विरोध भएका हुन् ।

आदिवासी जनजाति महिलातर्फ राधादेवी श्रेष्ठ र दलित महिलातर्फ टीकाकुमारी बस्याल निर्विरोध भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर पहिलो साता भएको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसले महासमिति सदस्यको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रतिनिधिमध्येबाट छान्ने गर्छ । यो प्रक्रियामा सर्वसम्मत हुन नसके चुनावको माध्ययमबाट महासमिति सदस्य छान्ने गर्छ ।

महासमिति सदस्यका लागि उम्मेदवारी दिएकामध्ये अब १९ जनाबाट नौजना प्रतिनिधि छान्नुपर्ने कांग्रेसले जनाएको छ । यसका लागि २४ फागुनमा बेंसीसहरमा चुनाव हुनेछ । निर्वाचनमा १३ सय ७४ क्षेत्रीय प्रतिनिधिले निर्वाचनमा भाग लिनेछन् । यसअघि मंसिर पहिलो साता भएको क्षेत्रीय निर्वाचन, जिल्ला निर्वाचन र महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ७४ मतदाता रहेको कांग्रेसको निर्वाचन अन्गर्तत जिल्ला तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ४० मत खसेको थियो । ३४ जना अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : ०५ बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र