तनहुँमा ई–पासपोर्ट वितरण सुरु « Khabarhub

तनहुँमा ई–पासपोर्ट वितरण सुरु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ ।

प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ ।

कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो । उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क्रमिक रुपमा बढाउँदै सेवा प्रवाह गर्न थालिएको छ ।’

कर्मचारीको जनशक्ति बढाएर दुई स्टेशनबाट सेवा दिने योजना बनाइएको उनले बताए । ई–पासपोर्ट लागू गर्नुअघि कार्यालयमा दैनिक ७० देखि ८० जनासम्म सेवाग्राही पासपोर्टका लागि सेवा लिन आउने गरेका थिए । जनताले घरबाटै अनलाइनबाट फर्म भरेर प्रशासनमा आएर अन्य सेवा लिन सकुन भन्ने उद्देश्यले अनलाइन प्रणालीको व्यवस्था गरिए पनि सर्वसाधारणमा उक्त पहुँच पुग्न नसकेको सहायक प्रजिअ गैरेले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १२ : ५१ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक