नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी | Khabarhub Khabarhub

नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमै पहिलोपटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ । विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिङमा फल्स सिलिङको रूपमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो ।

यसक्रममा नेपाली लगानीकर्ताले चिनियाँ प्रतिनिधिहरूसँग यसबारे छलफल गरेका छन् । नेपाल बोलाइएका चीनस्थित सिनोमा हानडानका दुईजना प्रतिनिधिहरूसँग लगानीकर्ताले छलफल गरेका हुन् ।

नेपालको तर्फबाट गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिले यसको उत्पादनका लागि तयारी थालेको हो । सिमेन्ट बोर्ड उत्पादन गर्ने कारखाना खोल्न यसअघि नै प्रक्रिया सुरु गरिसकेको जनाइएको छ । यसका लागि काठमाडौं उपत्यका बाहिर उपयुक्त ठाउँमा पाँच बिघा जग्गासमेत खरिद भइसकेको गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

उनका अनुसार यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने छ । स्वदेशमै उत्पादित सिमेन्ट, सिलिकायुक्त ढुंगा अथवा बालुवा र पल्प पेपर यसको कच्चा पदार्थको रूपमा रहने उनले जनाए । ‘यसमध्ये पल्प पेपर मात्रै विदेशबाट आयात गर्नुपर्ने हुन्छ,’ इन्जिनियर दुवालले भने, ‘सिलिकायुक्त बालुवा ढुंगाका लागि नेपालको विभिन्न खानीबाट नमूना लिई चीनमा पठाएर त्यहाको स्टेट ल्याबमा जाँच भई ओकेसमेत भइसकेको छ ।’ यसका लागि आवश्यक मार्केट रिसर्चसमेत भइसकेको दुवालले बताए । हाल नेपालमा प्रयोग हुने सिमेन्ट बोर्ड सबै विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालमा सिमेन्ट बोर्डहरू भारत, चीन, थाइल्यान्डलगायतका देशबाट आयात भइराखेका छन् ।

सिमेन्ट बोर्डको लम्बाइ आठ फिट, चौडाइ चार फिट र मोटाइ ४ दशमलब पाँच मिमिदेखि २२ मिमिसम्म हुने जनाइएको छ । विशेष रूपमा बनाइने सिमेन्ट बोर्ड लचकदार भई मोटाई कम भए पनि नभाँचिने जनाइएको छ ।

यसको प्रयोग विशेष गरी घरको भित्ता र सिलिङ सजावटमा प्रयोग गर्ने गरिन्छ । यसका साथै फर्निचर, मोडुलर किचेन बनाउन पनि यसको प्रयोग हुने हुन्छ । साथसाथै इको प्यानल (स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने) बनाउन पनि यसको प्रयोग हुने गर्दछ । ‘आफ्नै इको प्यानल बनाउन पनि सिमेन्ट बोर्ड मुख्य कच्चा पदार्थको रूपमा आयात गर्दै आएकोमा हामी नेपालमै सिमेन्ट बोर्ड फ्याक्ट्री लगाउनुपर्छ भनेर सन् २०१७ देखि नै जोसिएको थियौं,’ इन्जिनियर दुवालले भने ।

कोरोना अगाडि सन् २०१७ मै चीनको उहान सिनोमा लिमिटेडका दुईजना इन्जिनियरहरू नेपाल ल्याई कच्चा पदार्थ तथा फ्याक्ट्री राख्ने स्थानको सम्भाव्यता अध्ययन गर्न नेपाल ल्याएको इन्जिनियर दुवालले बताए । यसअघि आफूले यो कारखाना लगाउन चीनका धेरै सिमेन्ट बोर्ड कारखानामा घुमेर अध्ययन अनुसन्धान गरिसकेको दुवालले सम्झे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ४ : ४५ बजे

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

धानबालीमा डढुवा रोगको समस्या

चितवन– यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको

साढे पाँच दशकदेखि हलचोक आकाश भैरवको मुकुट रंगाइरहेका तेजबहादुर

काठमाडौं– तेजबहादुर चित्रकार अहिले ८७ वर्षका भए । उनले विगत

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त

काठमाडौं– नेपाली कांग्रेस लुम्बिनीले प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेललाई पदमुक्त