एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने « Khabarhub

एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिएका छन् ।

केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उनले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिएका हुन् । बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए । बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : १५ बजे

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र