देशमा देखिएका समस्या राष्ट्रिय सहमति गराएर हल गर्नुपर्छ- उपराष्ट्रपति « Khabarhub

देशमा देखिएका समस्या राष्ट्रिय सहमति गराएर हल गर्नुपर्छ- उपराष्ट्रपति


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा देखिएका समस्याहरु राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए ।

उनले समयमा नै निर्वाचन सम्पन्न गर्दै विभिन्न समयमा प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताए । उनले आफुले राम्रो काम गर्दा बिरोध गर्ने क्रम बढेको भन्दै आगामी दिनमा व्यापक रुपमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गरे ।

बिगतको सरकारको पालामा भएका बिकृतिलाई हटाउन आफु लागिपरेको उनको भनाइ छ । उनले हालै सार्वजनिक भएको आफ्नो अडियो प्रकरण पूर्ण रुपमाा सत्य नभएको बताए ।

मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धनका लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ४५ बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको