पुटिनले दिए दुई युक्रेनी क्षेत्रलाई ‘स्वतन्त्र राज्य’को मान्यता « Khabarhub

पुटिनले दिए दुई युक्रेनी क्षेत्रलाई ‘स्वतन्त्र राज्य’को मान्यता


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिने घोषणा गरेका छन्।

दुवै क्षेत्रलाई अलग देशको मान्यता दिंदै सोमबार राति विद्रोहीसँग सम्झौतामा हस्ताक्षर भएको छ। उक्त क्षेत्रमा रुसको साथ पाएका विद्रोहीको नियन्त्रण थियो। उनीहरु युक्रेनसँग २०१४ देखि लड्दै आएका थिए।

राष्ट्रपति पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिइसकेका छन्। पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनाले भूमिका खेल्ने उल्लेख गरेका छन्।

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बीबीसीले उल्लेख गरेको छ।

उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्ति चिन्तित छन्।

घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेको समाचारमा उल्लेख गरिएको छ। जसमा रुसी सेनाले दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्ने उल्लेख गरिएको छ।

पुटिनले डोनेट्स्क र लुह्यान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई ‘विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन’ भनेका छन्।

पुटिनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्। रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : २७ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा