मुख्यमन्त्रीले बेलायती राजदूतसँग भने– दिगो पर्यटनमा सघाइदिनुस् « Khabarhub

मुख्यमन्त्रीले बेलायती राजदूतसँग भने– दिगो पर्यटनमा सघाइदिनुस्


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताए ।

बेलायतले नेपालको विकासमा धेरै पहिलेदेखि सहयोग गर्दै आएकोमा पोखरेलले प्रशंसा र धन्यवाद दिए । उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवर्द्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता क्षेत्रमा सहयोग गरेको उल्लेख गरे ।

जलवायु र पर्यटनमा थप सहयोग गर्न पोखरेलको आग्रह छ । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । त्यसपछि नेपाली युवाहरु बेलायती सेनामा भर्ती भएर विभिन्न देश पुगेका छन् ।

बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकुलन र पर्यटन प्रवर्द्धनमा बेलायतको प्रमुख चाँसो रहेको बताइन् । उनी सोमबार बिहान साइक्लिङ गरेर पोखरा घुमेकी थिइन् । ‘पोखरा सुन्दर छ । यसको व्यवस्थित विकास अझै आवश्यक छ,’ उनले भनिन्, ‘त्यसमा बेलायतको तर्फबाट आवश्यक सहयोगका लागि तत्पर छु ।’

दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न दुवै सरकारले पहल गर्नुपर्ने उनको जोड छ । संघीय शासन प्रणाली लागू भएपछिको अवस्था र प्रदेश सरकारको अनुभवका बारेमा जिज्ञासा राखेकी थिइन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ०० बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा