बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी « Khabarhub

बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो ।

कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । राठोरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ । धादिङ तेस्रो स्थानमा रहेको उनले जानकारी दिए । मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ ।

यस्तै सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिए । कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन् । प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ । बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन् । सडकका कारण ४८९ वटा दुर्घटना भएको राठोरले बताउनुभयो । उहाँका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ । तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताए ।

चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन् ।
जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उनले बताए ।

यस्तै कार, जीप २४१, ट्रक ट्याङ्कर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन् । घाइतेमध्ये ५३० गम्भीर र एक हजार ५६२ जना सामान्य घाइते भएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ३० बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट