अखाद्य वस्तु बिक्री वितरण गर्ने ललितपुरका दुई कम्पनी सिल « Khabarhub

अखाद्य वस्तु बिक्री वितरण गर्ने ललितपुरका दुई कम्पनी सिल


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिमा प्रहरीले सिल गरेको छ ।

अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको आरोपमा सोमबार प्रहरीले सिल गरेको हो ।

सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ती कम्पनी सञ्चालन गर्दै आएका थिए ।

ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको बिशेष टोलीले खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरी कम्पनीहरू सिल गरेको हो ।

खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि दुवै कम्पनी सञ्चालनमा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरुलाई पुनःधुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाएर बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।

यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : ३० बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा