धर्मशाला छिट्टै फिर्ता– पर्यटनमन्त्री आले « Khabarhub

धर्मशाला छिट्टै फिर्ता– पर्यटनमन्त्री आले


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेलेअदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका हुन् ।

मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अब त्यस्तो काम हुन नदिने स्पष्ट पारे । धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा वृद्धवृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाई छ । उनले यस वर्षको महाशिवरात्रीलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए ।

पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले यस वर्ष महाशिवरात्रीमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताए । त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुन उनले जानकारी दिए ।

महाशिवरात्रीमा गाँजालगायतका लागुपदार्थलाई विशेष कडाइ गरिने र सोही दिन विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ । महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : ५० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी