प्रदेश १ को नामाकरणमा दलहरूको आ–आफ्नै अडान | Khabarhub Khabarhub

प्रदेश १ को नामाकरणमा दलहरूको आ–आफ्नै अडान


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को नामाकरणको विषयमा दलहरू आ–आफ्नै अडानमा रहेका छन् । यद्यपि, उनीहरूले सहमतिमा नामाकरण गर्नुपर्ने पनि बताएका छन् ।

प्रदेश १ को नामका विषयमा मंगलबार भएको सर्वदलीय छलफलमा दलहरूले प्रदेशको नामाकरणका विषयमा ठोस कुरा भने राखेनन् । सहमतिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

सर्वदलीय बैठकमा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको उनले बताए । न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझा रूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताए ।

नेपाली काँग्रेसका प्रदेश सभापति उद्धब थापाले नामाकरणको विषय सजिलो नभएको बताए । उनले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राखे । पहिचानको विपक्षमा काँग्रेस नभएको भन्दै उनले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा काँग्रेस रहेको बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बङले पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताए । उनले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : २२ बजे

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि