टी-२० विश्वकपमा पुग्न युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य | Khabarhub Khabarhub

टी-२० विश्वकपमा पुग्न युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी-२० छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। ४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आसिफ शेखबाट क्याच गराएका थिए।

नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोड्यो।

युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए। यद्यपी जितेन्द्रले चौथो ओभरमा उनले १८ रन खर्चियो। यो ओभरमा उनले दुई चौका र एक छक्का दिए।

यस्तै विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले ४६ रन जोडे। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए।

यस्तै जितेन्द्रले १८ ओभरमा बासिल हमिदलाई २ रन र जाफर फइदलाई ११ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३-३ विकेट लिए। कप्तान सन्दीप लामिछानले १ विकेट हात पारे।

यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : १८ बजे

दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा

काठमाडौँ– निर्वाचन आयोगले मनाङको प्रदेशसभा २ का लागि आगामी कात्तिक

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (ए पी

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी– लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास