राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न | Khabarhub Khabarhub

राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘राष्ट्रिय जागरण अभियान,नेपाल’को दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

जेष्ठ १७ र १८ गते ५३ जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो । देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा केन्द्रित सो भेलाले संस्थाको नामलाई परिमार्जन गरेर ‘राष्ट्रिय पुर्जागरण अभियान, नेपाल’ राख्ने निर्णय गरेको छ ।

संस्थाका संस्थापक भरत दाहालका अनुसार अभियानको ध्यान एजेन्डामा मात्र नबहकिएर देशलाई समग्रमा बुझ्ने विचारको विकासमा केन्द्रित रहेको छ र यसले ‘राष्ट्र पहिलो’ भन्ने नारालाई अगाडि बढाएको छ । १२ बुँदे समझदारी नेपालको विघटनको योजनामा गरिएको विदेशी डिजाईन हो भन्ने भेलाले निष्कर्ष निकालेको छ ।

भेलालाई लेखक तथा विष्लेषक सौरभ, सुरक्षा विद् डा. प्रेमसिंह बस्न्यात, प्रशासन विद् डा. शास्त्रदत्त पन्त र चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले शुभ–कामनासहित मन्तव्य राखेका थिए ।

त्यस्तै लोक गायक बद्रि पंगेनी र संगितकार शिव पौडेलले गीतहरु प्रस्तुत गरेका थिए । भेलाले पुराना कांग्रेस अनारसिं कार्कीलाई अध्यक्ष र भरत दाहाललाई कार्यकारी संयोजकका रुपमा चयन गरेको छ ।

४५ सदस्यीय समितिको उप–संयोजकमा कुशल कुँवर, महा–सचिवमा रामबहादुर थापा, सचिवमा कमल तामाङ र कोषाध्यक्षमा रजनी तामाङ चयन भएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ९ : १० बजे

झापामा तीन जनाको शव फेला

झापा– झापामा बुधबार भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको

रसुवागढीबाट दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात

रसुवा– दश वर्षमा रसुवागढी नाकाबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात

भन्सार छलेर भित्र्याइएका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका

सुदूरपश्चिममा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने अवस्थामा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने ‘सगुना फाग’ लोप हुने

पेरुसँग बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट

काठमाडौं – इक्वेडर सन् २०२६ को विश्वकपमा छनोट भएको छ।