युनिस आँधीले ढाल्यो ‘न्यूटनको रूख’ « Khabarhub

युनिस आँधीले ढाल्यो ‘न्यूटनको रूख’


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनमा रहेको विश्व प्रसिद्ध ‘न्यूटनको स्याउको रूख’ युनिस आँधीका कारण् ढलेको छ । सो रुख चर्चित वैज्ञानिक आइज्याक न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएको मूल रुखको बोट हो ।

बोटानिक गार्डेनका संरक्षक डा. स्यामुएल ब्रोकिङ्गटनका अनुसार सो रुख सन् १९५४ मा रोपिएको थियो । विश्वविद्यालयको बोटानिक गार्डेनको प्रवेशद्वारमा यो रुख ६८ वर्षदेखि सग्लै थियो । जहाँ न्यूटनको स्याउको रूख थियो । सो स्याउको रुखको बोट छिट्टै अर्को ठाउँमा सार्ने तयारी छ ।

न्यूटनलाई गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउन यो रुखले मद्दत गरेको थियो । वैज्ञानिक किंवदन्ती अनुसार आइज्याक न्युटन स्याउको रूखमुनि बसिरहेका बेला टाउकोमा स्याउ खसेपछि उनले त्यसबारे अध्ययन तथा अनुसन्धान थालेका थिए ।

सो अनुसन्धानबाट न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए । गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाइएपछि सो रुखलाई संरक्षण गरेर राखिएको थियो । १९ औं शताब्दीमा ठूलो आँधी आएपछि न्यूटनले गुरुत्वाकर्षण्को निमय पत्ता लगाएको मूल रुख ढलेको थियो ।

तर अरु सहायक रुखका बोट भने संरक्षण गरेर राखिएको थियो । जहाँ न्यूटनको सिद्धान्त पत्ता लगाएको मूल रुखमा अहिले पनि बोर्ड राखिएको छ । तर पछिल्लो एक सातादेखि युनिस नामको शक्तिशाली आँधीका कारण न्यूटनको स्याउको रुखको सहायक बोट पनि ढलेकोे हो ।

सहायक बोट पनि ढलेपछि न्यूटनले गुरुत्वाकर्षण सिद्धान्त पत्ता लगाएको बोटानिक गार्डेनको महत्व र संरक्षणमा चुनौति देखिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ३८ बजे

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती