कांग्रेस सांसद रिजालले फेरि पत्ता लगाए बजेट पुस्तिकामा त्रुटी « Khabarhub

कांग्रेस सांसद रिजालले फेरि पत्ता लगाए बजेट पुस्तिकामा त्रुटी


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसुची २ मा त्रुटी भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय अन्र्तगतका ख , घ र ङ मा उल्लेख भएका विषय संग जोडिएको अनुसुची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटी सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने “कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैयाँ थप आउँछ भनि लेखिएको छ । बर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६÷ ७७ को लक्षमा ११ खर्ब १२ अर्ब राखिएको छ । नया संरचना परिर्वतनबाट कर थपिने हो कि घट्ने हो ? नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो । कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो । ”

उनले बजेट पुस्तिकाको यो त्रुटी सामान्य त्रुटी नभएको जिकिर गरे ।

राजश्वको अनुमान ठिक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अध्याँरोमा कुरा गर्या जस्तो मात्रै हुने उनले तर्क थियो ।

रिजालले भने “हामीले करका दर परिर्वतन गरेर राजश्व घटाउदै छौ कि बढाउदै छौ ? अर्थमन्त्री ज्युबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस् । ”

सांसद रिजालले सोमबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसंग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटी बारे ध्यानाकर्षण गराएका हुन् । यसअघि आइतबारको बैठकमा पनि रिजालले बजेट पुस्तिकामा रहेको त्रुटी संसदमा भनेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १२ : ३५ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको