काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको आरोप लगाएका छन् ।
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला कार्यक्रममा अध्यक्ष ओलीले पुतलीको चिनियाँ कथा सुनाउँदै प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताएका हुन् । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।
चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यति बेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाइछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?
प्रतिक्रिया