नेपाल ल्याइयो अमेरिकी साँढे | Khabarhub Khabarhub

नेपाल ल्याइयो अमेरिकी साँढे


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । चार÷पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा केशव भट्टले जानकारी दिए। नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिए। अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको विश्वास छ ।

विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झण्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए। उनले भने, “सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग-यौँ, सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनि बताउँछन् ।

सुरुमा रु एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर रु दुई करोड पुगेको उहाँको भनाइ छ । प्रति साँढे रु १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै रु २६ लाख पर्न गएको छ । सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भने, “यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।”

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलोपटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ०० बजे

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

लमजुङ – पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा