आगामी २४ घन्टा युक्रेनका लागि सकस : युक्रेनी राष्ट्रपति | Khabarhub Khabarhub

आगामी २४ घन्टा युक्रेनका लागि सकस : युक्रेनी राष्ट्रपति


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घण्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका हुन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।

यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले नेटोको आक्रामक व्यवहारको सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : २७ बजे

रञ्जितालाई हटाएर बुवा लालबीरलाई नाउपाको अध्यक्ष बनाए रेशमले

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले रेशमका बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएको

लागूऔषधसहित काठमाडौंबाट छ जना पक्राउ

काठमाडौं– लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ

वार्षिक प्रगति समीक्षास्थलमा नै किसानले बुझाए कृषिमन्त्रीलाई ज्ञापनपत्र

लुम्बिनी– अखिल नेपाल किसान महासङ्घ, लुम्बिनी प्रदेश समितिले मुलुकको कृषि

गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्छ : उड्डयनमन्त्री

काठमाडौं– संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल

मोरङ– कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था