लुम्बिनी प्रदेशमा नेपाल बन्दको आंशिक प्रभाव « Khabarhub

लुम्बिनी प्रदेशमा नेपाल बन्दको आंशिक प्रभाव


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – एमसीसी संसद्‌बाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ।

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् ।

लुम्बिनी प्रदेशका मुख्य  सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही र बाँकेको नेपालगन्जलगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसल र सहरका मुख्य बजार आंशिक रुपमा खुलेका छन् । विद्यालयले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।

लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : ३१ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको