मतदाता नामावलीमा दाबी विरोध वा नाम सच्याउन आग्रह « Khabarhub

मतदाता नामावलीमा दाबी विरोध वा नाम सच्याउन आग्रह


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।

यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताए ।

‘प्रकाशित मतदाता नामावलीमा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारले मृतकका हकमा मृत्यु दर्तासहित सम्बन्धित वडामार्फत प्रमुख नाम दर्ता अधिकारीलाई निवेदन दिनुपर्ने छ’, उनले भने, ‘मौखिकरुपमा कसैले मृत्यु भयो भने वा नागरिकता त्यागेको भन्ने कुरालाई आधार मानिने छैन ।’

उनले प्रकाशित मतदाता नामावलीमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्ने जो कोहीले मतदानमा भाग लिन पाउने जनाए । कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुरी दिन, दाबी विरोध गर्न, बसाइँसराइलगायत विभिन्न कारणले नाम फरक परेका मतदातालाई नाम सच्याउन सुझाएका थिए ।

विसं २०७४ मा सुर्खेतको मतदाता सङ्ख्या दुई लाख चार हजार ५७७ भई हाल दुई लाख ४० हजार ८०१ हुने अनुमान गरिएको बताउँदै प्रदेश निर्वाचन अधिकारी चालिसेले त्यसका लागि सुर्खेतमा १३८ मतदानस्थल, ०७४ सालमा २६३ मतदान केन्द्र बढेर यो चुनावमा २९२ मतदान केन्द्र हुने बताए। कर्णाली प्रदेशका सबै जिल्लाको मतदाता सङ्ख्या, मतदानस्थल र मतदान केन्द्र केही समयपछि उपलब्ध गराइने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : ३५ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर