भारतमा कोरोना संक्रमित घट्दै | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित घट्दै


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् ।

सोही अवधिमा अरु १८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार  ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६ हजार ८९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ ।

 एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ५० बजे

इजरायलको आक्रमण नरोकिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रोश : प्यालेस्टाइनी शिविरमा १५ जना मारिए

गाजा – विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा भएको इजरायली आक्रमणमा १५

बत्तीस दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

युक्रेनमा आक्रमण गर्न ढिला भएको पुटिनको ठहर

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आफूले केही समय अगावै

आज काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज