जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो सैनिक दिवस | Khabarhub Khabarhub

जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो सैनिक दिवस


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका बिरुवा रोप्न थालेको छ । महाशिवराति अर्थात सैनिक दिवसको अवसरमा मंगलबार नेपाली सेना नं २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ र १०० ओखरका बिरुवा रोपेको हो ।

नेपाली सेनाको नन्दबक्स गणमा ३०० बिरुवा स्याउ रोपिएको छ भने नं २४ बाहिनी अड्डा २०० स्याउ बिरुवा र १०० ओखरका बिरुवा रोपिएको छ ।

बाहिनीपति रामचन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेर नेपाली सेना अब कृषि क्षेत्रतर्फ अग्रसर गर्न थालेको छ ।

बाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिने शजंग खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवालाले सेना दिवसको अवसरमा विरुवा रोपेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ३० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं