कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु « Khabarhub

कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ ।

सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका नेपालीहरूलाई ई–पासपोर्ट उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।

दूतावासका अनुसार १५ फब्रुअरीसम्म आवेदन दिएका आवेदकहरूमध्ये ४२५ जनाको ई–पासपोर्ट राहदानी विभागबाट प्राप्त भइसकेकाले सोमबारबाटै राहदानी वितरण सुरु गरिएको जनाएको छ ।

यससँगै दोहामा रहेको नेपाली दूतावास विदेशमा रहेका नेपाली नागरिकलाई ई–पासपोर्ट सेवा सुरु गर्ने र ई–पासपोर्ट जारी गर्ने पहिलो नेपाली नियोग बनेको छ ।

यसअघि, दूतावासले ६ फेब्रुअरी मा प्रत्यक्ष नामाङ्कन प्रणालीमार्फत् ई–पासपोर्ट आवेदन प्राप्त गर्न थालेको थियो । कतारमा रहेका नेपाली नागरिकहरूलाई राहदानी विभागको वेबसाइटबाट इलेक्ट्रोनिक रूपमा ई–पासपोर्टका लागि प्रि–इनोल्मेन्ट फारम भरेपछि तोकिएको मितिमा मात्र प्रत्यक्ष नामाङ्कनका लागि सम्बन्धित कागजातसहित दूतावास आउन अनुरोध गरिएको छ ।

हालको मेसिन रिडेबल राहदानी बहाल अवधि कायम रहेको मितिसम्म प्रयोग गर्न सकिने भएकोले मेसिन रिडबल राहदानीको बहाल अवधि बाँकी भएका व्यक्तिले ई–पासपोर्टका लागि आवेदन दिन नमिल्नेसमेत दूतावासले जनाएको छ ।

हाललाई मेसिन रिडेबल राहदानीको म्याद ६ महिना बाँकी रहेका नेपाली नागरिकहरूले आवश्यकताअनुसार ई–पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : ५० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ