धूम्रपान गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा « Khabarhub

धूम्रपान गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धूम्रपान गर्दा निकोटिन, कार्बोमोनोअक्साइड, तार, लिडजस्ता रसायनहरुको कारण विभिन्न स्वास्थ्य तथा सौन्दर्यका समस्याहरु देखिने गर्दछन् । लामो समयसम्म धूम्रपान गर्नाले स्वासनली फोक्सो आदि अंगहरुमा क्यान्सरसमेत हुने सम्भावना बढ्छ ।

यसरी आफ्नो स्वास्थ्य र सुन्दरतालाई नराम्रो असर पार्ने धूम्रपानलाई किन आफ्नो बानी बनाउँदै हुनुहुन्छ । चुरोटको धुवाँसँगै तपाईँको आयु अनि रूप उड्नु सिवाय यसले कुनै फाइदा गर्दैन । तपाईँ हाम्रो बुद्धि कतिको व्यर्थ रहेछ भन्ने कुरा स्पष्ट हुन्छ जब चुरोटको बट्टामा धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने लेखिएको देख्दा देख्दै पनि त्यसलाई बेवास्ता गर्दै चुरोट पिउँछौ ।

तसर्थ स्वास्थ्यको लागि होस् वा सुन्दरताको लागि धूम्रपान त्याग्नै पर्ने देखिन्छ ।

ध्यान दिनुपर्ने कुरा

– धूम्रपान गर्ने व्यक्तिले दिनमा ३–४ लिटर पानी अनिवार्य पिउनुपर्छ । यसले रगतबाट विषाक्त तत्वलाई पखाल्ने काम गर्छ ।

– चुरोट पिउन मन लाग्ने बित्तिकै लसुन चपाउनुपर्छ ।

– चुरोटको लतमा लसुनले उत्तम औषधीको काम गर्छ ।

– दैनिक भोजनमा एक छाक जौ को सेवन गर्नु लाभदायक हुन्छ ।

– मूलालाई पिनेर २ चम्चा मह मिलाएर पिउनु लाभदायक हुन्छ ।

– चुरोट छोड्नको लागि मानसिक रूपमा आफै तयार रहनु अति आवश्यक हुन्छ । आफू तयार भइसकेपछि कल्पना ध्यानको अभ्यासद्वारा आफूले चुरोट छोडेको जीवन बाँचेको र आफू सुन्दर हुँदै गएको कल्पना गर्न सकिन्छ । यो विधिको प्रयोग दैनिक २० मिनेट २–३ पल्ट गर्नु प्रभावकारी हुन्छ ।

– योगा र प्राणायामले पनि यो समस्यामा ज्यादै लाभ गर्छ ।

– शरीर र मनलाई सन्तुलनमा राख्ने हुँदा योगले सघाउँछ । तसर्थ मनोक्रान्ति नमस्कार सूर्य नमस्कार र अन्य आसन वैज्ञानिक मनोक्रान्ति योगका अनुसार १८ आसनहरुको अभ्यास गर्न सकिन्छ ।

– दैनिक कम्तीमा २० प्राणायाम गर्नामा समस्यामा लाभ मिल्दछ ।

साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

 

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ३५ बजे

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेर जेन-जी मुभमेन्टले प्रदर्शन गर्ने

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा