नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यकः मुख्यमन्त्री भट्ट « Khabarhub

नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यकः मुख्यमन्त्री भट्ट


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीयस्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

बिमा समितिले बुधबार धनगढी गरेको सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बिमाको बारेमा फरक–फरक बुझाइमा एकरूपता कायम गर्न बिमासम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालनलाई व्यापकता दिनुपर्ने पनि बताए ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवम् अनुदानको व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा बिमासम्बन्धी जानकारीमुलक कार्यपत्र प्रस्तुत गर्दै बिमा समितिका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) ले बिमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउनुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री र प्रदेश मन्त्रालयका सचिवहरू, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कैलालीका प्रमुख जिल्ला अधिकारी, बिमा कम्पनीहरू मेट लाइफ र नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना