कांग्रेसको चितवन जिल्ला अधिवेशन : आज मनोनयन, भोलि निर्वाचन « Khabarhub

कांग्रेसको चितवन जिल्ला अधिवेशन : आज मनोनयन, भोलि निर्वाचन


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज सुरु भएको छ ।

अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै छन्।

यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर गर्दै आएका छन् । उनीहरुबीच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहेका छन् । जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आउनुभएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताए।

उनले भने ‘पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।’ आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : १७ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः