अमेरिकाले युक्रेनलाई दियो यस्तो हतियार, एकै जनाले विमान खसाल्न सक्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई दियो यस्तो हतियार, एकै जनाले विमान खसाल्न सक्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत एक सातायता रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सयौँको सङ्ख्यामा जमिनबाट आकाशमा मार हान्ने स्टिङ्गर क्षेप्यास्त्र पठाएको खुलासा भएको छ । अमेरिकाका दुई अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएअनुसार यही साताको सोमबार अमेरिकाले युक्रेनलाई २ सय थान स्टिङ्गर क्षेप्यास्त्र आपुर्ति गरेको हो ।

गत शुक्रबार युक्रेनलाई हतियार सहयोग गर्ने बाचा गरेको ह्वाइट हाउसले ती क्षेप्यास्त्रहरु पठाएको जनाइएको छ । त्यसबाहेक अमेरिकाले युक्रेनलाई ट्याङ्क ध्वस्त पार्ने ज्याभलिन एन्टी टयाङ्क क्षेप्यास्त्र पनि आपुर्ति गरेको छ ।

यही साता जर्मनीले ५ सय र नेदरल्याण्ड्सले २ सय स्टिङ्गर क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

एकजनाले मात्रै पनि बोकेर हिड्न र प्रहार गर्न मिल्ने स्टिङ्गर क्षेप्यास्त्र यसअघि अमेरिकाले तत्कालीन सोभियत संघविरुद्ध अफगानिस्तानमा लडेका मुजाहिद्दिन लडाकुलाई प्रदान गरेको थियो । मुजाहिद्दिन लडाकुको स्टिङ्गर आक्रमणबाट अफगानिस्तानमा २६० भन्दा धेरै सोभियत विमान तथा हेलिकोप्टर ध्वस्त भएको बताइन्छ ।
 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : १८ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको