तत्काल रुस छाड्न आफ्ना नागरिकलाई फ्रान्सको निर्देशन « Khabarhub

तत्काल रुस छाड्न आफ्ना नागरिकलाई फ्रान्सको निर्देशन


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सले आफ्ना नागरिकहरुलाई रुस छाड्न निर्देशन दिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुस र युरोपेली मुलुकहरुबीच हवाई सम्बन्ध विच्छेद भएपछि फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न निर्देशन दिएको हो ।

“रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,“ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरुलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि ‘अप्रत्यक्ष’ उडानहरूको ‘गैर–विस्तृत’ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।

त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रसियामा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । फ्रान्स सरकारले आफ्ना नागरिकहरूलाई रुसको यात्रा पनि स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई गाभेको रुस फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ४९ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार