सुभाष र समिक्षाको ‘बजाई देउ’ मा चिरञ्जीबी र अञ्जना « Khabarhub

सुभाष र समिक्षाको ‘बजाई देउ’ मा चिरञ्जीबी र अञ्जना


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुरा काट्ने मान्छेले काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत ‘बजाई देउ’ को गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिगं मास्टरिगं रहेको गीत अछामका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा मोडल जेबी चिरन चिरञ्जीबी सापकोटा र अञ्जना राउत गज्जबसँग खुलेका छन् । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदुरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडिायेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ५१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा