आज २०७८ साल फागुन २१ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन २१ गते शनिबारको राशिफल


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन २१ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २१ गते शनिबार

मेष : आजको दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। सोचेका कामहरु पूरा हुनेछन्। सामाजिक क्षेत्रहरु यथास्थितीमा छन्। पारिवारिक क्षेत्रमा धेरै राम्रो हुनेछ।

वृष :विवादमा फस्ने सम्भावना छ। कम बोलेको राम्रो। अरु क्षेत्रमा सामान्य रहेपनि शिक्षामा धेरै राम्रो छ। कार्ययोजना बनाएर अघि बढ्दा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रशंसा कमाउने दिन छ। पूराना साथीसँगको भेटघाटले मन प्रसन्न हुनेछ। शिक्षामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कट :दिन राम्रो छ। शत्रु नाश हुनेछन्। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दिन सामान्य राम्रो छ। पराक्रम बढ्नेछ। आफ्नो ज्ञान सीपबाट लाभ मिल्ने योग रहेको छ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।

कन्या : दिन धेरै राम्रो छ। आज बनाएको योजना सफल हुनेछन्। राजनीति, सामाजिक, आर्थिक, धार्मिक र सास्कृतिक क्षेत्रहरु यथावत छन्। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ।

तुला :दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। हनुमानको स्मरण गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। शिक्षा, राजनीति, सामाजिक, आर्थिक, धार्मिक र सास्कृतिक क्षेत्रहरु यथावत छन्।

वृश्चिक :दिन सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु :दिन सामान्य छ। ठूला योजना भए आजदेखि काम गर्नुहोला। समाजसेवामा मन जानेछ। खानपानमा ख्याल गर्नुहोला।

मकर : दिन राम्रो छ। रोगले छोड्नेछ। पुरानो लगानी उठ्ने योग रहेको छ। परिवारमा प्रेम बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

कुम्भ : दिन सामान्य छ। बोलीमा मिठास र व्यवहारमा सरलता देखिनेछ। पश्चिमको यात्रा नगर्नुहोला। रोग बढ्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन : दिन सामान्य राम्रो छ। फरक मत राख्नेहरुबाट सहयोग मिल्नेछ। आफन्त र दाजुभाइ सकारात्मक भएकाले बन्धुहरुसँग सहकार्य गर्न सकिनेछ। राजनीति क्षेत्रमा सफलता मिल्नेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ३१ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर