पुटिनलाई सिध्याउनुपर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसको असहमती « Khabarhub

पुटिनलाई सिध्याउनुपर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसको असहमती


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटरको बयानमा ह्वाइट हाउसले असहमती जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले नियमित पत्रकार सम्मेलनका क्रममा पुटिनको हत्या गर्न आह्वान गर्ने अमेरिकी सिनेटर लिन्जी ग्राहमको धारणामा असहमती जनाएकी हुन् ।

पुटिनको हत्या गर्नुपर्ने अमेरिकी सरकारको वा वर्तमान प्रशासनमा काम गर्ने कसैको पनि धारणा नरहेको उनको भनाइ छ । विवादस्पद अभिव्यक्ति दिएपछि साउथ क्यारोलाइना राज्यका सिनेटर ग्राहमको अहिले अमेरिकाका रिपब्लिकन र डेमोक्र्याट दुबै पार्टीका नेताहरुले ‘गैर जिम्मेवार’ भन्दै आलोचना गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ग्राहमले रुसी सैनिक अधिकारीहरुतर्फ लक्षित गरी ट्विट गर्दै पुटिनलाई सिध्याउनुपर्ने वक्तव्य दिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ०३ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको