सुर्खेतमा व्यापारीको मृत्यु, प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप | Khabarhub Khabarhub

सुर्खेतमा व्यापारीको मृत्यु, प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ ।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो ।

व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको विषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ ।

नेपालगञ्जबाट भे. १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।

मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि उनीमाथि नै प्रहरी जाइ लागेको कमलबहादुरले बताए ।

‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो ।’ उनले भने ।

हमालको मृत्यु शंकास्पद भएकाले छानबिनको माग गरेको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए ।

के कति कारणले मृत्यु भयो भन्ने बारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो ।’ उनले भने, ‘विस्तृत विवरण बुझ्दैछौँ । अनुसन्धानपछि सबै खुल्नेछ ।’

हमालको कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : २२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको

मुम्बई विमानस्थलमा १६ जिउँदो सर्पसहित एक यात्रु पक्राउ

नयाँदिल्ली– मुम्बईको भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएको एक विमान यात्रुलाई

वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख 

काठमाडौं– वीर अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अवस्था

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा

खोटाङ– खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान) मा मगर समुदायको