बिजुक्छेँद्वारा हनुमन्त्ते पुलको उद्घाटन « Khabarhub

बिजुक्छेँद्वारा हनुमन्त्ते पुलको उद्घाटन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज भक्तपुर नगरपालिका–७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले पुल उद्घाटन तथा शिलापत्र अनावरण पनि गरेका हुन्  । 
 
नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै अध्यक्ष बिजुक्छेले देश विकासका आफ्नै स्रोत साधनको परिचालन गर्नुपर्ने बताए। 
 
कार्यक्रममा भक्तपुर नगरपालिका  प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको भन्दै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताए । 
 
 उक्त  पुल भक्तपुर नगरपालिकाको  तीन करोड दुई लाख ४४ हजार ९६४ र बागमती प्रदेश सरकारको एक करोड गरी कुल चार करोड दुई लाख ४४ हजार ९६४ को लागतमा निर्माण सम्पन्न भएको हाे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ११ बजे

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको

स्वास्थ्यमन्त्री शर्माद्वारा दोलखा र रामेछापका अस्पताल अनुगमन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका