बिजुक्छेँद्वारा हनुमन्त्ते पुलको उद्घाटन « Khabarhub

बिजुक्छेँद्वारा हनुमन्त्ते पुलको उद्घाटन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज भक्तपुर नगरपालिका–७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुलको उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले पुल उद्घाटन तथा शिलापत्र अनावरण पनि गरेका हुन्  । 
 
नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै अध्यक्ष बिजुक्छेले देश विकासका आफ्नै स्रोत साधनको परिचालन गर्नुपर्ने बताए। 
 
कार्यक्रममा भक्तपुर नगरपालिका  प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्परा भएको भन्दै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताए । 
 
 उक्त  पुल भक्तपुर नगरपालिकाको  तीन करोड दुई लाख ४४ हजार ९६४ र बागमती प्रदेश सरकारको एक करोड गरी कुल चार करोड दुई लाख ४४ हजार ९६४ को लागतमा निर्माण सम्पन्न भएको हाे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ११ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको