माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित | Khabarhub Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेका कारण सोमबारका लागि सारिएको नेताहरुले जनाएका छन् । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सुरुमा दुई घण्टा सारिएको थियो । तर दुई घण्टा सार्दा पनि तयारी नपुगेको भन्दै सोमबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएको थियो ।

त्यस्तै माओवादीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : ११ बजे

हिउँदे झरी टर्दा बढ्यो आगलागीको जोखिम

काठमाडौं – हावापानीको अवस्था नियमित रहेको भए नेपालमा कात्तिकयता कम्तिमा

स्विडेनको विद्यालयमा भएको आक्रमणमा १० जनाको मृत्यु

स्टक होम – स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा

विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु

ओमान– सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ ।

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपरासी– यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड रुपैयाँ बराबरको

लगातार चार खेलमा पराजित नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं – घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार