बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन « Khabarhub

बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो ।

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवद्र्धन गरेको उक्त दूतावासले आज जनाएको छ ।

कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गरेका थिए । अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गरेका थिए।

कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवद्र्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : २१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु