जनता आवास कार्यक्रममा ०४ सय ३७ घर बन्दै « Khabarhub

जनता आवास कार्यक्रममा ०४ सय ३७ घर बन्दै


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर –जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेको छ ।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले रु १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो। गत आर्थिक वर्षदेखि निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।

 जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।

चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ”, प्रमुख देवकोटाले भने , “अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेका छौँ ।

उभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बन्दैछन्”, प्रमुख देवकोटाले भने  घर बनाउन प्रतिपरिवार रु तीन लाख ३६ हजार सरकारले दिएको छ । उनका अनुसार प्रतिपरिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । घर निर्माणका लागि कैलालीमा रु पाँच करोड पाँच लाख र कञ्चनपुरमा रु पाँच करोड ७६ लाख रकम विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : २१ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य