प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने « Khabarhub

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती – खेलकुदको प्रवर्द्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुनेछ । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाचौरमा हुने खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् ।

प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको परिषद्ले जानकारी दियो ।

फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ । त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ । साथै, काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

अहिले प्रदेशका सबै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेको उनले जनाएका छन् । प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को गरेको छ । प्रतियोगिता आयोजनाका लागि आठ करोड ४० लाख खर्च हुने अनुमान छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : १२ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य