ओखलढुंगामा जीप दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

ओखलढुंगामा जीप दुर्घटना, एक जनाको मृत्यु


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुंगामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा जीप दुर्घटना हुँदा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका–३ की ३८ वर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये चालक र अर्का एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

माम्खाबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ३२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना