अमेरिकामा आँधिमा परी ६ जनाको मृत्यु « Khabarhub

अमेरिकामा आँधिमा परी ६ जनाको मृत्यु


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको आयोवा राज्यमा आएको आँधीमा परी ६ जनाको मृत्यु भएको छ । राज्यको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरूले आँधीमा परी मृत्यु हुनेमा चार वयस्क र दुई बालबालिका रहेको जनाएका छन् । आँधीबाट अरु चार जना घाइते भएको जनाइएको छ ।

‘मध्य आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तुफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डे मोइनले ट्वीट गरेर जानकारी दिएको छ । आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ  ।

यो आँधी स्थानीय समुदायको लागि धेरै विनाशकारी रहेको र  उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोपको घोषणा गरेका छन् । यस घोषणाले राज्यका स्रोत साधनलाई आँधीपछिको अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ४५ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको